Showing posts with label Newar. Show all posts
Showing posts with label Newar. Show all posts

Sunday, June 3, 2018

नेपाल–संवत्, शंखधर–संवत् वा राघवदेव–संवत् by प्रा. श्रीकृष्ण आचार्य

अक्टोबर २४, २००९ (कात्तिक ७, २०६६) मा नागरिक दैनिकमा प्रकाशित

नेपाल–संवत्, शंखधर–संवत् वा राघवदेव–संवत्

श्रीकृष्ण आचार्य

मानदेव–संवत् अर्थात् पुरानो नेपाल–संवत् को प्रचलन बन्द भई नेपाल–संवत्को प्रचलन किन आरम्भ भयो, यो  कुरा रहस्यको गर्भमै छ । जुन समयमा यस संवत् को  प्रचलन आरम्भ भएको थियो, त्यतिबेलाको  नेपालको इतिहास पूर्णतः अज्ञात छ ।  

पछि–पछि भने किन हो, यस संवत्सँग शंखधरको नाम पनि जोडिन थालेको पाइन्छ । “शंखधर” शब्द संस्कृत शब्द हो । यसको अर्थ  हुन्छ – शंख हातमा लिएका ।

नेपालको राष्ट्रिय–अभिलेखालयमा ताडपत्रमा संस्कृत भाषामा लेखिएको “सुमतितन्त्र” नामक ज्योतिष–शास्त्रविषयक एउटा प्राचीन ग्रन्थ छ । यस ग्रन्थमा “ ... राजा शूद्रकदेवश्च वर्ष सप्ताविब्ध चाश्विनौ । शकराजा ततोपश्चात् वसुरन्ध्रकृतन्तथा” अर्थात् “यहाँ (नेपालमा) २४७ वर्षसम्म राजा शूद्रकदेवले चलाएको  संवत् चल्दछ, त्यसपछि ४९८ वर्षसम्म शक राजाले चलाएको  संवत् चलेको थियो” भन्ने उल्लेख छ । साथै यसै  ग्रन्थमा अर्को एक ठाउँमा “शकराज्याब्द ४९८, मानदेवस्य राज्याब्द ३०४” अर्थात् “यहाँ ४९८ वर्षसम्म शक–राज्याब्द र त्यसपछि ३०४ सम्म मानदेवको राज्याब्द चल्दछ” उल्लेख छ । यसबाट मानदेव–संवत् को  प्रचलन बन्द भई शकवर्ष ४९८ (वि.सं. ६३३) को कार्तिक–शुक्लप्रतिपदादेखि नयाँ  संवत् को उठान भएको थियो भन्ने  प्रमाणित हुन आएको छ ।

मानदेव–संवत् अर्थात्  पुरानो  नेपाल–संवत् को  प्रचलन बन्द भई  नेपालमा वर्तमान नेपाल–संवत् को प्रचलन किन आरम्भ भयो, यो कुरा रहस्यको गर्भमै छ । जुन समयमा यस संवत् को  प्रचलन आरम्भ भएको थियो त्यतिबेलाको  नेपालको इतिहास पूर्णतः अज्ञात छ । शिलालेखहरु प्रसारित गर्ने  प्रचलन बन्द भई ताम्रपत्रहरु प्रसारित गर्ने प्रचलन सुरु भएकोले होला, तिनताकका कुनै शिलालेख उपलब्ध हुन सकिरहेका छैनन् । प्रसारित भएका ताम्रपत्र तमोटका आरनमा पुगी गालिइसकेकाले होला, तिनताकका ताम्रपत्र पनि सबै  नै नष्ट भैसकेका छन् । यसैले जानकारीका साधनको नितान्त अभावले त्यतिबेलाको विशेष विवरण पाउनु सम्भव भैरहेको छैन ।  

तिनैताक नेपालमा लिच्छवि–राजवंशको अन्त्य भई नयाँ राजवंशको उदय भएको थियो । नयाँ स्थापना भएको राजवंश “वैस–राजवंश” को नामले  प्रसिद्ध रहेको छ । वैसहरु मूलरुपमा वैश्य–वर्गका प्रतीत हुन्छन्, तर पछि छात्र–वृत्ति ग्रहण गरी यिनीहरु क्षत्रीय बनेका थिए । लिच्छवि–शासनको अन्त्य कसरी भयो र वैसहरु राजसत्तामा कसरी आए, यो पनि स्पष्टसँग खुल्न सकिरहेको  छैन । तर नयाँ राजवंशका संस्थापक राजा राघवदेव प्रतीत हुन्छन् । यिनले नै नयाँ राजवंश स्थापना गरेको उपलक्ष्यमा वर्तमान नेपाल–संवत् को  प्रचलन आरम्भ गराएको संकेत पाइन्छ । 

नेपालमा पाइएका वंशावलीमध्ये गोपाल–राजवंशावली सबैभन्दा पुरानो मानिन्छ । यस वंशावलीको एकथरि प्रतिमा पहिलेका राजाका विवरणहरु दिँदै जाँदा “राघवदेव वर्ष ६३ मास ६ पशुपतिभट्टारके  संवत्सर प्रवृत्तिकृता” अर्थात् “राजा राघवदेवको राज्यकाल ६३ वर्ष ६ महिना रहेको थियो, यिनले भगवान् पशुपतिको निमित्त नयाँ  संवत् को  प्रचलन आरम्भ गराएका थिए” भनी उल्लेख गरिएको पाइएको छ । गोपाल–राजवंशावली पुरानो  वंशावली भएकोले यसमा उल्लेख भएका कुरा प्रायः सबै  नै मिल्ने गरेका छन् । यसैले यस वंशावलीमा उल्लेख भएको उपर्युक्त भनाइलाई उपेक्षा गर्न सकिँदैन ।  


नयाँ प्रचलनमा ल्याइएको संवत्लाई आफ्नै नामबाट नामकरण गरिएमा सर्वसाधारण नागरिकले यसलाई सजिलै पचाउन नसक्ने सम्भावना भएकोले होला, राजा राघवदेवले आफूले  प्रचलनमा ल्याएको  संवत्लाई  प्रारम्भमा “पशुपतिभट्टारक–संवत्” भन्ने नाम दिएका थिए । लोकव्यवहारमा भने यस संवत्लाई “राघवदेव–संवत्” भनिने गरेको थियो । अझैसम्म पनि यस संवत्लाई यदाकदा “राघवदेव–संवत्” नै भनिने गरको पाइन्छ । औपचारिक रुपमा भने यस संवत्लाई केवल “संवत्” मात्र लेख्ने गरेको पाइएको छ । वर्तमान नेपाल–संवत्को आरम्भ शकसंवत् ८०१ को कार्तिकशुक्ल प्रतिपदा तदनुसार वि.सं. ९३६ को कात्तिक २२ गते (२० अक्टोबर इ.सं. ८८७) देखि भएको मानिन्छ । 

अघिल्लो पूरा एक–शताब्दीभर नै यस संवत्को प्रयोग भएको कुनै पनि लिखत आजसम्म पाउन सकिएको  छैन । यस संवत्को पहिलो  प्रयोग “संवत् १०९ मार्गशिर शुक्लदिवा पूर्णमास्याम्” को रुपमा भएको पाइएको छ । तिब्बतको स–सक्य बिहारमा रहेको राजा नरेन्द्रदेव तथा राजा उदयदेवको संयुक्त राज्यकालमा सारिएको “अष्टसाहस्रिका–प्रज्ञापारमिता” को  पुष्पिका–वाक्यमा उपर्युक्त वाक्यांशको सर्वप्रथम उल्लेख भएको पाइएको छ । यहा “संवत्” शब्दमा कुनै विशेषण लागेको छैन । 

यसपछिका – संवत् २८९ सम्मका – उपलब्ध रहेका कमसेकम २५ वटा हस्तलिखित ताडपत्रमा यस संवत्को निमित्त संस्कृत भाषामा – “संवत्”, “संवत्सर”, “वत्सर”, “अब्द”, तथा “गताब्द” शब्दमात्र प्रयोग भएका छन् । संवत् २९० मा राजा रुद्रदेवको राज्यकालमा सारिएको “शिवधर्मशास्त्र” नामक कृतिमा मात्र सर्वप्रथम यस संवत्को निमित्त – “नेपाल–वत्सर” शब्दको  प्रयोग भएको पाइएको छ । 

यसपछि भने यस संवत्को निमित्त संस्कृत भाषामा “संवत्”, “नेपाल–संवत्”, “नेपाल–वत्सर”, “नेपाल–संवत्सर”, “नेपालदेशीय–संवत्”, “नेपाल–हायन”, “नैपालिक–संवत्” शब्द प्रयोग भएका छन् । पछिल्लो मल्लकाल आरम्भ भएपछि भने यस संवत्को निमित्त “नेपाल–संवत्” को बदला प्रायः “श्रेयोस्तु संवत्” शब्द प्रयोग हुन थालेको पाइन्छ । यस प्रकार मल्लकालभर – जतिबेलासम्म यो संवत् राजकीय–संवत्को रुपमा प्रचलित रहेको थियो – शंखधरको  कुनै नामोनिसान पाइएको छैन । 

पछि–पछि भने किन हो, यस संवत्सँग शंखधरको नाम पनि जोडिन थालेको पाइन्छ । “शंखधर” शब्द संस्कृत शब्द हो । यसको अर्थ  हुन्छ – शंख हातमा लिएका ।

सनातनधर्मावलम्बी हिन्दुमात्रको मान्यताअनुसार राजा भगीरथले श्रापद्वारा भस्म भएका आप्mना पितृहरुको उद्धार गर्न कठोर तपस्या गरी गंगाजीलाई आकासबाट पृथ्वीलोकमा ल्याएका र शंख बजाउँदै बाटो  देखाएर सागरसम्म पु¥याएका थिए । यसैले  गंगाजीसँग राजा भगीरथको अन्योन्याश्रित सम्बन्ध रहँदै आएको मानिन्छ । ढुंगेधारालाई गंगाजीको प्रतीक मानेर पुराना प्रायः सबैजसो ढुंगेधारामा दुवै हातले शंखलाई समातेर बसेका राजा भगीरथका मूर्तिहरु राखिएका पाइन्छन् । भक्तजनलाई राजा भगीरथप्रति कृतज्ञता ज्ञापन गरी जल चढाउने प्रयोजनको निमित्त नै यस्ता मूर्ति राखिएका थिए । 

नेवार समाजको मान्यताअनुसार नेपाल भाषाको “साख्वा” लाई नै आजभोलि “शंखधर” भनिने गरको पाइन्छ । नेपालमा पछिल्लो एकथरि वंशावलीमा शंखधरसम्बन्धी निम्नाङ्कित भावको किंवदन्ती उल्लेख भएको पाइन्छ । 

राजा आनन्ददेवको राज्यकालमा भक्तपुर राज्यका एकजना ज्योतिषीले भनेछन्, “आउँदो फलानो दिन रातको यतिबेला शुभयोग परेको छ । त्यतिबेला मैले दिएको मन्त्रपाठ गर्दै कान्तिपुर राज्यभित्र पर्ने विष्णुमती नदीको लखुतीर्थबाट बालुवाहरु निकाली ल्याउन सकिएमा ती बालुवाहरु अवश्य पनि सुनमा परिणत हुनेछन् ।”

ज्योतिषीको यस भनाइमा विश्वस्त भई राजा आनन्ददेव मल्लले आफ्ना दुई भरियालाई तोकिएको समयमा कान्तिपुर राज्यको लखुतीर्थमा पठाइदिएका थिए । तोकिएको दिन तोकिएको समयमा विष्णुमती नदीको लखुतीर्थमा पुगेर ती दुई भरिया मन्त्रपाठ गर्दै बालुवा निकालिरहेका थिए । त्यतिबेला मध्यरात ढल्किसकेको थियो । यसैले विष्णुमती नदीमा नित्यस्नान गर्न जाने काठमाडौं मरुटोलका एकजना भक्तजन संयोगले त्यहीँ पुगेका थिए । यिनले अँध्यारोमा गुनगुनाइरहेका केही मानिसको आवाजलाई  सुनेर नजिकै गई  हेर्दा मन्त्र पाठ गर्दै खोलाबाट बालुवा निकालिरहेका दुई भरियालाई देखेर “किन यसरी रातको समयमा यहाँबाट बालुवा निकालेको ?” भनी सोधनी गरे । भरियाहरुले “आफूहरु राजा आनन्ददेव मल्लको आदेशअनुसार भक्तपुर राज्यबाट बालुवा लिन आएको” भनी भक्तजनलाई जानकारी दिए । 

यसबाट भक्तजनलाई “यसमा पक्कै पनि कुनै रहस्य लुकेको हुनुपर्छ, अन्यथा यिनीहरु किन यसरी रातको समयमा भक्तपुर सहरदेखि यतिटाढा बालुवा लिन आउँथे ?” भन्ने लाग्यो र यिनले ती भरियालाई “पहिलो  खेप बालुवा आफ्नो घरमा पु¥याइदिई त्यसपछि अर्को  खेपमात्र भक्तपुरमा राजा आनन्ददेव मल्लको निमित्त लगिदेऊ” भनी आग्रह गरे । यसको निमित्त ती दुई भरियालाई आकर्षक ज्याला दिने आश्वासन पनि दिइयो । यिनको यस आग्रहबाट प्रभावित भई ती दुई भरियाले रातमा – ठिक साइतको समयमा – निकालेका दुई भारी बालुवा रातैमा ती भक्तको घरमा पु-याइदिए । 


पछिल्लो खेप बालुवा बोकेर ती दुई भरिया भक्तपुर सहरतर्फ लागेका थिए । भक्तपुर नपुग्दै – बीचबाटोमै उज्यालो भयो । बालुवा बोकेर यिनीहरु उज्यालो भैसकेपछि मात्र भक्तपुर राज्यको राजभवनमा दाखिल भए । फलतः यहाँबाट लगेको बालुवा बालुवा नै रह्यो, सुनमा परिणत भएन । यसबाट ज्योतिषीको कुरा झुट्टा ठहरिन आयो । राजा आनन्ददेव मल्लले ज्योतिषीलाई अपमानपूर्वक दुत्कारे । यसबाट खिन्न भई ज्योतिषीले आफ्ना पुस्तक तथा पात्राहरु सबै जलाइदिए । 

यता, काठमाडौं सहरमा भक्तजनको घरमा पु-याइएको बालुवा भने ज्योतिषीले दिएको ठिक साइतमा निकालिएकोले भोलिपल्ट बिहानसम्ममा सुनमा परिणत भैसकेको थियो । राजा आनन्ददेव मल्लबाट अपमानपूर्वक दुत्कारिएका ज्योतिषी यसमा पक्कै पनि कुनै रहस्य हुनुपर्छ भनी बुझ्न भनी हिँडेका काठमाडौं सहरमा ती भक्तजनको घरमा दुईभारी बालुवा सुनमा परिणत भएको थाहा पाएर आफ्नो ज्योतिष–विद्यामा विश्वस्त भई तुरुन्त नै भक्तपुर राज्यमा फर्किई राजा आनन्ददेव मल्ललाई यस कुराको जानकारी गराए । यसबाट ज्योतिषीले व्यक्त गरेको भविष्यवाणी सत्य सावित भयो । भरियाहरु दण्डित भए । आफ्नो देशका राजालाई जानकारी गराई यसै  सुनबाट राज्यका सम्पूर्ण नागरिकका ऋण तिरिदिई यिनै भक्तजनले – जसको नाम साख्वा थियो – आफ्नो नामबाट शंखधर–संवत् को प्रचलन सुरु गराएका हुन् । 

उपर्युक्त अनुश्रुति निकै नै तिलस्मी तथा अतिरञ्जित पनि देखिन्छ । अहिलेको जमानामा बालुवा सुनमा परिणत भयो भन्ने उपर्युक्त अलौकिक अनुश्रुतिमाथि विश्वास गर्नु सहज छैन । सबैभन्दा महत्वपूर्ण कुरा त जतिबेला नेपालमा वर्तमान नेपाल–संवत्को  प्रचलन आरम्भ भएको थियो, त्यतिबेला नेपालमा मल्ल–राजवंशको अस्तित्व नै थिएन । नेपाल–संवत् आरम्भ भएको ३०० वर्षजति पछि मात्र नेपालमा पहिलो मल्ल–राजवंशको उत्थान भएको थियो । 

उपर्युक्त अनुश्रुतिमाथि विश्वास गर्ने हो भने लखुतीर्थमा रहेको बालुमामात्र सुनमा परिणत हुने अन्यत्रको भने परिणत हुन नसक्ने यो कस्तो योग हो ? यस्तो योग यसपछि फेरि किन पर्न सकेन ? बालुवा सुनमा परिणत हुने निश्चय भैसकेपछि धेरै भरिया नपठाएर किन दुई जनालाई मात्र पठाइयो ? भरियाले पाठ गर्ने मन्त्र कस्तो मन्त्र हो ? यस्ता अनेकौं प्रश्न उठ्न सक्छन् । 

जुन समयमा नेपालमा नयाँ  संवत्को  शुभारम्भ भएको थियो, तिनैताक यहाँ लिच्छविकालको अन्त्य भई वैसकालको आरम्भ भएको थियो । सामान्यतया कुनै युगान्तकारी घटना घटेपछि त्यस घटनाको सम्झनामा नयाँ  संवत्को  सुरुवात गराउने  प्रचलन चल्दै आएको पाइन्छ । लिच्छविकालको अन्त्य भई  वैसकालको आरम्भ भएको महत्वपूर्ण घटनाको सम्झनामा नै वर्तमान नेपाल–संवत्को प्रचलन आरम्भ भएको हुनसक्छ ।

Tuesday, February 13, 2018

Tuesday, January 23, 2018

चाँगुनारायणया कलश जात्रा - अाभास धरानन्द राजोपाध्याय (तिकिझ्याः वाःपाै)




राजोपाध्याय, अाभास धरानन्द । (२०७३, पुस २७ [ने.सं. ११३७ पोहेलाथ्व चतुर्दशी, 2017 January 10 Wednesday]) । चाँगुनारायणया कलश जात्रा । महर्जन, रत्नकाजी । (सं.) । तिकिझ्याः वाःपाै ।  वर्ष १, अङ्क ११ । काठमाडाैँ नेवाः मिडिया प्रा.लि. । पृष्ठ ३ । 

Thursday, December 7, 2017

चःह्रे (चतुर्दशी) पर्वहरू



चःह्रे (चतुर्दशी) पर्वहरू
All caḥre (caturdaśī) Festivals
क्र.
सं.
कृष्ण चतुर्दशी
चःह्रे
(नेपाल भाषा)
चतुर्दशी
(संस्कृत/नेपाली)
कैफियत
वैशाख कृष्ण चतुर्दशी
(चाैलागा)
माताति चःह्रे
-

ज्येष्ठ कृष्ण चतुर्दशी
(वछलागा)
सिथि चःह्रे
-

अाषाढ कृष्ण चतुर्दशी
(तछलागा)
दिला चःह्रे
-

श्रावण कृष्ण चतुर्दशी
(दिल्लागा)
गथांमुग चःह्रे घण्टाकर्ण चतुर्दशी
भाद्र कृष्ण चतुर्दशी
(गुँलागा)
जुगः चःह्रे
-

अाश्विन कृष्ण चतुर्दशी
(ञलागा)
नःलास्वने चःह्रे चतुर्दशीश्राद्ध
कात्तिक कृष्ण चतुर्दशी
(काैलागा)
स्वन्ति चःह्रे नरक चतुर्दशी कुकुरतिहार
मार्गशीर्ष कृष्ण चतुर्दशी
(कछलागा)
बाला चःह्रे बालाचतुर्दशी पशुपतिमा शतबीज छर्ने, इन्द्रायणीमा रात्रिकालमा सर्पाहूति यज्ञ
पाैष कृष्ण चतुर्दशी
(थिंल्लागा)
दिशी चःह्रे
-

१० माघ कृष्ण चतुर्दशी
(पोहेलागा)
लै चःह्रे
-

११ फाल्गुण कृष्ण चतुर्दशी
(सिल्लागा)
सिला चःह्रे
-
पशुपतिनाथ, हलेशीमहादेव लगायत शिवालयमा मेला
१२ चैत्र कृष्ण चतुर्दशी
(चिल्लागा)
पाहाँ चःह्रे पिशाच चतुर्दशी
१३ अधिकमास कृष्ण चतुर्दशी
(अनलागा)
अनला चःह्रे अधिक चतुर्दशी तीन वर्षमा एकपटक, बर्षामा पर्ने


Sunday, October 30, 2016

Nepal Festival Calendar - Chaitra

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: चैत्र, चैत
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: वसन्त
Solar Horoscope: मीन
Corresponding Nepal Samvat Month: चिल्ला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): चिल्लागा
Corresponding Gregorian Months: March / April

List of Major Cultural / Festival Activities (Chaitra)

चैत्र महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदावसन्तादिस्तैलाभ्यङ्गम्, चूतपुष्पप्राशनम् (चकयात-धूलयात), गणगाैरपूजारम्भ
तरार्इमा होली
नाला मत्स्येन्द्रनाथस्नानं (नालान्हव)
द्वितीया
तृतीयानाला मत्स्येन्द्रनाथ रथयात्रा (नाला यात्रा)
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमीरविसप्तमीव्रत
अष्टमीअष्टमीव्रतम्, गोरखकालीपूजा, दु दु च्याँ च्याँ, शीतलाष्टमी, वासेरा
नवमी
१०दशमी
११एकादशीपापमोचनीएकादशीव्रत
१२द्वादशीकाठमाडाैँ देवपत्तने देशोद्धारपूजा
१३त्रयोदशीप्रदोषव्रतम्
१४चतुर्दशीपिशाच चतुर्दशी, पाशाचःह्रेपूजा
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी बार्ने, स्नानदानादाै अमावश्या (हलो बार्ने), अश्वयात्रा (घोडेजात्रा)
भद्रकालीपीठ लिङ्गोत्थानम्

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: चैत्र, चैत
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: वसन्त
Solar Horoscope: मीन
Corresponding Nepal Samvat Month: चाैला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): चाैलाथ्व
Corresponding Gregorian Months: March / April

List of Major Cultural / Festival Activities (Chaitra)

चैत्र महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदावत्सरारम्भ, स्तैलाभ्यङ्गम्, निम्वपत्रप्राशनम्
काठमाडाैँ चोभार अादिनाथस्नानम् (चाैबहाःद्यःन्हव)
भद्रकालीपीठ लिङ्गपातनम्
द्वितीया
तृतीयामत्स्यजयन्ती, गाैरीव्रतम, मन्वादिः
काठमाडाैँ मच्छेगाउँ मत्स्यनारायणमेला
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, चैत्राष्टमी, चैतेदशैँ, गोरखकालीपूजा
नवमीरामनवमीव्रतम्, श्रीरामजयन्ती
१०दशमी
११एकादशीकामदाएकादशीव्रतम्
१२द्वादशीप्रदोषव्रतम् 
१३त्रयोदशीमहावीरजयन्ती
१४चतुर्दशीभक्तपुर भैरव-भद्रकाली रथयात्रा
१५पूर्णिमादेवीयात्रा, वैशाखस्नानारम्भ, ल्हुतिस्नान, ल्हुतिपुन्हि, मन्वादिः, हनुमज्जयन्ती
काठमाडाैँ बालाजु २२ धारा स्नानमेला
लमजुङ यलुङपोखरीमेला

Nepal Festival Calendar - Falgun

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: फाल्गुण, फागुन, फाल्गुन
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: शिशिर
Solar Horoscope: कुम्भ
Corresponding Nepal Samvat Month: सिल्ला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): सिल्लागा
Corresponding Gregorian Months: February / March

List of Major Cultural / Festival Activities (Falgun)

फाल्गुण महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदादेवघाट मकरस्नानपूर्ति
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा
नवमी
१०दशमी
११एकादशीविजयाएकादशीव्रतम्
१२द्वादशी
१३त्रयोदशीप्रदोषव्रत, महाशिवरात्रिचतुर्दशीव्रत
१४चतुर्दशीसिलाचःह्रेपूजा
कान्तिपुर पशुपतिनाथ मन्दिरका साथै हलेसी-महादेव लगायत देशविदेशका शिवालयधाममा शिवरात्रिमेला
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी / हलो बार्ने, द्वापरयुगादिः

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: फाल्गुण, फागुन, फाल्गुन
Name of the Half: शुक्ल
Position of the Sun: उत्तरायण
Season: शिशिर
Solar Horoscope: कुम्भ
Corresponding Nepal Samvat Month: चिल्ला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): चिल्लाथ्व
Corresponding Gregorian Months: February / March

List of Major Cultural / Festival Activities (Falgun)

फाल्गुण महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमीरविसप्तमीव्रत
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, होलीकारम्भ, चीरोत्थानम् (चीरस्वाःय)
नवमी
१०दशमी
११एकादशीअामलकीएकादशीव्रतम् 
१२द्वादशीगोविन्दद्वादशी
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशी
१५पूर्णिमापूर्णिमाव्रतम्, फागु पूर्णिमा, हाेली पूर्णिमा, होलिपुन्हि, चीरदाह (पहाडीभेगमा होली), मन्वादिः, थकाली जातिको तोरन्लपर्व 

Nepal Festival Calendar - Magh

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: माघ
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: शिशिर
Solar Horoscope: मकर
Corresponding Nepal Samvat Month: पोहेला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): पोहेलागा
Corresponding Gregorian Months: January / February

List of Major Cultural / Festival Activities (Magh)

माघ महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीयाकाशीस्थ बडागणेशजयन्ती
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा
नवमी
१०दशमी
११एकादशीषट्तिलाएकादशीव्रत
१२द्वादशी
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशीलैचःह्रेपूजा
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी / हलो बार्ने
काठमाडाैँ पशुपति अार्यघाट माधवनारायणमेला
नवलपरासी त्रिवेणीमेला

माघ १ गते - मकर (माघे) सङ्क्रान्ति, माघीपर्व, घ्याैःचाकूःसल्हु, देवघाटमा मकरस्नानारम्भ, शङ्खमूल-हेटाैँडा-बराहक्षेत्र-झापाको कन्काइ लगायत सर्वत्र त्रिवेणीको संगममा मकरस्नानमेला, रुरु (रिडी) क्षेत्रे त्रिदिवसीय मेला, छन्त्याल जातिको राष्ट्रिय पर्व
------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: माघ
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: शिशिर
Solar Horoscope: मकर
Corresponding Nepal Samvat Month: सिल्ला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): सिल्लाथ्व
Corresponding Gregorian Months: January / February

List of Major Cultural / Festival Activities (Magh)

माघ महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थीतिलकुन्दचतुर्थी, मङ्गलचतुर्थीव्रत
पञ्चमीश्रीपञ्चमी, वसन्तश्रवणम्, सरस्वतीजयन्ती, रतिकामपूजा, हल्सारो गर्ने
षष्ठीस्कन्दषष्ठी
सप्तमीअचला / रथ सप्तमी, लगलाचुयके, मन्वादिः
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, भीष्माष्टमी
नवमीद्रोणनवमी
१०दशमीशल्यदशमी, बैतडी गजुर बनारसीपूजा
११एकादशीभीमाएकादशीव्रतम् 
१२द्वादशीप्रदोषव्रत, भीमद्वादशी, सन्याडुली
काठमाडाैँ वटु माघयात्रा
१३त्रयोदशीसाैभाग्यशूर्पदानम्
१४चतुर्दशीपशुपतेच्छायादर्शन
१५पूर्णिमापूर्णिमाव्रतम्, माघस्नानपूर्ति, माघयात्रा, स्वस्थानी व्रत समापन, सिंपुन्हि
झापामा कींचकवधमेला

Nepal Festival Calendar - Poush

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: पाैष, पुष
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: हेमन्त
Solar Horoscope: धनु
Corresponding Nepal Samvat Month: थिँल्ला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): थिँल्लागा
Corresponding Gregorian Months: December / January

List of Major Cultural / Festival Activities (Poush)

पाैष महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदाकोकाकाैशीकीसंगम मेला
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा
नवमी
१०दशमी
११एकादशीसफलाएकादशीव्रत
१२द्वादशी
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशीदर्शश्राद्ध, निशी बार्ने
१५अाैँशी
(अमावश्या)
स्नानदानादाै अमावश्या, हलो बार्ने, माैनी / पाैषी / गया अाैँशी
विष्णुपादुका-वेत्रावती-बराहक्षेत्रे-गोकर्णादितीर्थे स्नानादि

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: पाैष, पुष
Name of the Half: शुक्ल
Position of the Sun: दक्षिणायण
Season: हेमन्त
Solar Horoscope: धनु
Corresponding Nepal Samvat Month: पोहेला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): पोहेलाथ्व
Corresponding Gregorian Months: December / January

List of Major Cultural / Festival Activities (Poush)

पाैष महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा
काठमाडाैँ श्वेत मत्स्येन्द्रनाथ स्नान (जनबहाःद्यः न्हव)
नवमी
१०दशमी
११एकादशीपुत्रदाएकादशीव्रत, मन्वादिः
१२द्वादशीमुस्याडुली
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशी
१५पूर्णिमापूर्णिमाव्रत, श्री स्वस्थानी व्रताराम्भ, मिला पुन्हि, माघस्नानारम्भ
भक्तपुर हनुमत्तीर्थेत्रिवेणीमेला
चाँगुनारायण ह्वगु

Monday, September 5, 2016

Nepal Festival Calendar - Mangshir

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: मार्गशीर्ष, मंसिर
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: हेमन्त
Solar Horoscope: वृश्चिक
Corresponding Nepal Samvat Month: कछला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): कछलागा
Corresponding Gregorian Months: November / December

List of Major Cultural / Festival Activities (Mangshir)

मार्गशीर्ष महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदात्रिजटायांर्घ्यदान
स्थानकोटे महालक्ष्मीयात्रा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, भैरवाष्टमी, सन्ध्याै भैरवोत्पत्तिः
नवमी
१०दशमीगुह्येश्वरीयात्रा
११एकादशीउत्पतिकाएकादशीव्रत
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशीवालाचःह्रेपूजा
काठमाडाैँ पशुपति, खोटाङ्ग हलेशीमहादेव, झापा सताक्षीधाम / अर्जुनधारा लगायत सर्वत्र त्रिवेणी एवं शिवालयहरूमा मेला
१४चतुर्दशीशतबीजरोपण
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, हलो निशी बार्ने

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: मार्गशीर्ष, मंसिर
Name of the Half: शुक्ल
Position of the Sun: दक्षिणायण
Season: हेमन्त
Solar Horoscope: वृश्चिक
Corresponding Nepal Samvat Month: थिँला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): थिँलाथ्व
Corresponding Gregorian Months: November / December

List of Major Cultural / Festival Activities (Mangshir)

मार्गशीर्ष महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमीविवाहपञ्चमी, अावाल ब्रह्मचारी षडानन्द जयन्ती
जनकपुर सीतारामस्य वैवाहिकोत्सव
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, बखुमद अष्टमी
नवमीपाँगा वैष्णवीदेवी (विष्णुदेवी) जात्रा
धनगढी दुर्गा जाँत
डोटी पोखरी जाँत
१०दशमीकीर्तिपुर इन्द्रायणी जात्रा
११एकादशीमोक्षदाएकादशीव्रत
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशीनुवाकोट दुप्चेश्वरमेला
काशीस्थ पिशाचमोचनतीर्थेश्राद्ध
१४चतुर्दशी
१५पूर्णिमापूर्णिमाव्रत, धान्य पूर्णिमा, गैडूपूजा, कुठीधान्यलक्ष्मीपूजा, धान्यपर्वतदानं, धनेश्वरमेला, दत्तात्रय जयन्ती, थिंल्ला/यःमह्री पुन्हि, उधाैलीपर्व
चम्पादेवीमेला, भक्तपुर (रानीकोट) बाघभैरवपर्व, भक्तपुर अनन्तलिङ्गेश्वरमेला

Nepal Festival Calendar - Kartik

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: कात्तिक, कार्तिक
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: शरद्
Solar Horoscope: तुला
Corresponding Nepal Samvat Month: काैला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): काैलागा
Corresponding Gregorian Months: October / November

List of Major Cultural / Festival Activities (Kartik)

कार्तिक महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, राधाष्टमी, गोरखकालीपूजा
नवमी
१०दशमी
११एकादशीरमाएकादशी व्रत
१२द्वादशीगोवत्सद्वादशी
१३त्रयोदशीयमपञ्चकारम्भ, प्रदोषव्रत, यमदीपदान, काकवलि (कागतिहार), धनत्रयोदशी (धन्वन्तरी जयन्ती), 
१४चतुर्दशीनरक चतुर्दशी, श्वानपूजा (कुकुर तिहार)
स्वन्तिचःह्रेपूजा
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी/हलो बार्ने
दीपमालिका, लक्ष्मीपूजा, सुखरात्रि

------------------------------------------------------------------------------------------
Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: कात्तिक, कार्तिक
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: शरद्
Solar Horoscope: तुला
Corresponding Nepal Samvat Month: कछला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): कछलाथ्व
Corresponding Gregorian Months: October / November

List of Major Cultural / Festival Activities (Kartik)

कार्तिक महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदानेपाल संवत् नववर्ष प्रारम्भ (नववर्षारम्भ), गोवर्द्धनपूजा, गाइ-गोरु तिहार
वलिपूजा, म्हपूजा
द्वितीयायमद्वितीया, भाइटीका (किजापूजा)
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठीछठपर्व
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, मुखःअष्टमी, गोपाष्टमी
नवमीकुष्माण्डनवमी, सत्ययुगादिः, जुगादिनवमी
सक्वचँगुवनेगु, बलम्बु महालक्ष्मीयात्रा
धाडिङ (फूलखर्क) गंगाजमुनामेला
हेटाैँडा कुष्माण्डसरोवरमेला
१०दशमी
११एकादशीस्मार्त्तानां हरिबोधिनीएकादशीव्रत, भीष्मपञ्चकारम्भः, फाल्गुनानन्द जयन्ती
वराहक्षेत्र धार्मिकमेलारम्भः
खोटाङ्गे वराह पोखरीमेला
१२द्वादशीवैष्णवानां हरिबोधिनीएकादशीव्रत, मन्वादिः, तुलसीविवाह
चाँगुनारायण अखण्डदीप दर्शन, १०८ परिक्रमा
रुरु (रिडिक्षेत्र) हृषिकेशरथयात्रा
१३त्रयोदशीप्रदोषव्रत
पाल्पा (दर्लम) महाकाली/भगवतीरथजात्रा
१४चतुर्दशीबैकुण्ठचतुर्दशीव्रत
डोटी केदारपूजा, डोटी भागेश्वरमेला, दिपायल (डोटी) जाँत
धाडिङ्ग (किराञ्चोक) कालिकाभगवतीयात्रा
१५पूर्णिमापूर्णिमाव्रत, कार्तिकस्नान, चातुर्मास्यव्रतपूर्तिः, त्रिपुरोत्सवः, मन्वादिः, गुरु नानक जयन्ती, निम्बकाचार्य जयन्ती
सकिमनापुन्हि, स्थानकोटे (वाणस्थली) त्रिवेणीस्नान
वराहक्षेत्रे धार्मिकमेलापूर्तिः
डोटी (सिलगढी) शैलेश्वरीजाँत

Saturday, July 30, 2016

Nepal Festival Calendar - Ashwin

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: अाश्विन, असोज
Name of the Half: कृष्ण (पितृ पक्ष)
Position of the Sun: दक्षिणायण
Season: शरद्
Solar Horoscope: कन्या
Corresponding Nepal Samvat Month: ञँला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): ञँलागा
Corresponding Gregorian Months: September / October

List of Major Cultural / Festival Activities (Ashwin)

अाश्विन महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदापितृश्राद्धारम्भ, प्रतिपदाश्राद्ध
ललितपुर पुञ्चली भुजा (पूर्णचण्डी भुजा याः)
द्वितीयाद्वितीयाश्राद्ध
तृतीयातृतीयाश्राद्ध, गातिला
चतुर्थीचतुर्थीश्राद्ध
इन्द्रध्वजपातनम्, नानीचा याः
पञ्चमीपञ्चमीश्राद्ध
षष्ठीषष्ठीश्राद्ध
सप्तमीसप्तमीश्राद्ध
अष्टमीअष्टमीश्राद्ध, अष्टमीव्रत, गोरखकालीपूजा
नवमीनवमीश्राद्ध, मातृनवमीश्राद्ध
१०दशमीदशमीश्राद्ध
११एकादशीएकादशीश्राद्ध, इन्दिराएकादशीव्रत
१२द्वादशीद्वादशीश्राद्ध, फर्पिङ्ग हरिशङ्करी यात्रा
१३त्रयोदशीत्रयोदशीश्राद्ध, मघाश्राद्ध, प्रदोषव्रत, कलियुगादि
जुम्ला (खलङ्गा) चन्दनाथलिङ्गोत्थानम्
१४चतुर्दशीचतुर्दशीश्राद्ध, शस्त्रादिभिहर्तनामश्राद्ध, नलाशनेचःह्रे पूजा
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी हलो बार्ने, पितृविसर्जन

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: अाश्विन, असोज
Name of the Half: शुक्ल (दुर्गा पक्ष)
Position of the Sun: दक्षिणायण
Season: शरद्
Solar Horoscope: कन्या
Corresponding Nepal Samvat Month: काैला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): काैलागा
Corresponding Gregorian Months: September / October

List of Major Cultural / Festival Activities (Ashwin)

अाश्विन महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदाघटस्थापना, नवरात्रारम्भ, नःलास्वने, मातामहश्राद्ध
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमीउपाङ्गललिताव्रत
काठमाडाैँ पचलीभैरवयात्रा
षष्ठीविल्वनिमन्त्रणा
सप्तमीनवपत्रिकाप्रवेश (फूलपाती)
अष्टमीमहाष्टमीव्रत, अष्टमीव्रत, गोरखकालीपूजा
कुलछि भ्वय्
नवमीमहानवमी, स्याक्व ट्याक्व, मन्वादिः
१०दशमीविजयादशमी, देवीविसर्जनम्, दशैँ टीका, चालँ, खड्गयात्रा, बाैद्धावतार 
११एकादशीपापाङ्कुशा एकादशीव्रत, अन्नपूर्णयात्रा (असँ चालँ)
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशीअर्घाखाँची सराय पर्व
१४चतुर्दशी
१५पूर्णिमाकोजाग्रत पूर्णिमा, कति पुन्हि, अखिलवलिपूर्ति, कार्त्तिकस्नानारम्भ, अाकाशदीपदानारम्भ, योंसिमतवियगु
सिगया (श्रीघःयात्रा)

Nepal Festival Calendar - Bhadra

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: भाद्र, भदाै
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: वर्षा
Solar Horoscope: सिंह
Corresponding Nepal Samvat Month: गुँला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): गुँलागा
Corresponding Gregorian Months: August / September

List of Major Cultural / Festival Activities (Bhadra)

भाद्र महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदागार्इजात्रा / गोयात्रा / सापारु
द्वितीयारोपाइँजात्रा, दथुसाया
यल (ललितपुर) मतया
तृतीया
चतुर्थी
पञ्चमीविरुडापञ्चमी
काठमाडाैँ डाँक्षी कोलमतिघाटस्नान
षष्ठी
सप्तमीअमुक्ताभरण सप्तमी व्रत, गाैरासप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीव्रत, श्रीकृष्णजन्माष्टमीव्रत, मोहरात्रि, मन्वादिः, दुर्वाष्टमी
गाैरापर्व
नवमीश्रीकृष्णरथयात्रा, गुगानवमी
ललितपुर भीमसेन (भिन्द्यः) जात्रा
विराटनगर राधाकृष्णजात्रा
पाल्पा (तानसेन) नारायणी / भगवती जात्रा
डोटी (सिलगढी) मष्टजाँत
१०दशमी
११एकादशीअजा एकादशी व्रत
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशी
१४चतुर्दशीजुग चःह्रे पूजा, जुगः येँ (काठमाडाैँ) पञ्चदान
१५अाैँशी
(अमावश्या)
कुशेअाैँशी, दर्शश्राद्ध, निशी हलो बार्ने
गोकर्णस्नान
गुँला धर्म समापन

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: भाद्र, भदाै
Name of the Half: शुक्ल
Position of the Sun: दक्षिणायण
Season: वर्षा
Solar Horoscope: सिंह
Corresponding Nepal Samvat Month: ञँला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): ञँलाथ्व
Corresponding Gregorian Months: August / September

List of Major Cultural / Festival Activities (Bhadra)

भाद्र महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदागुँलाधर्म पूर्ति
द्वितीयातीजको दर खाने दिन
तृतीयाहरितालिका (तीज) व्रत, मन्वादि
चतुर्थीगणेश चतुर्थी, चन्द्रदर्शनम्, दोषचथाः
पञ्चमीऋषिपञ्चमी (सप्तर्षिपूजा), क्वखजाविये
षष्ठीसूर्यषष्ठी
सप्तमीभक्तपुर मङ्गलकुण्डमेला, फालापर्व (थकाली)
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, कायाःअष्टमी, कायजस्नान (कागेश्वरमेला), महालक्ष्मीव्रतारम्भ
नवमीअदुःखनवमीव्रत
१०दशमी
११एकादशीस्मार्त्तानां हरिपरिवर्तिनीएकादशीव्रत
१२द्वादशीवैष्णवानां हरिपरिवर्तिनीएकादशीव्रत, वामनजयन्ती
इन्द्रध्वजोत्थानम्, मतछोएके
१३त्रयोदशीप्रदोषव्रत, न्हुःघःयात्रा
१४चतुर्दशीअनन्तचतुर्दशीव्रत
येँ या (काठमाडाैँ यात्रा) / इन्द्रजात्रा (स्वाँ छ्या)
लड्कू डँढार मष्टोपूजा (लिङ्गोखडा)
१५पूर्णिमायेँया पुन्हि, पूर्णिमाव्रत, वंगया-मंगया
कान्तिपुरको दहचोकमा इन्द्रदहस्नान, भक्तपुर सिद्धपोखरी मेला
चेपाङ्ग चोनाम पर्व

Nepal Festival Calendar - Shrawan

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: श्रावण, साउन
Name of the Half: कृष्ण
Position of the Sun: दक्षिणायण
Season: वर्षा
Solar Horoscope: कर्कट
Corresponding Nepal Samvat Month: दिला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): दिलागा
Corresponding Gregorian Months: July / August 

List of Major Cultural / Festival Activities (Shrawan)

श्रावण महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत
नवमी
१०दशमी
११एकादशीकामिका एकादशी व्रत
१२द्वादशी
१३त्रयोदशी
१४चतुर्दशीघण्टाकर्ण चतुर्दश, गथामुग चःह्रे पूजा, गठेमङ्गल
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी हलो बार्ने

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: श्रावण, साउन
Name of the Half: शुक्ल
Position of the Sun: दक्षिणायण
Season: वर्षा
Solar Horoscope: कर्कट
Corresponding Nepal Samvat Month: गुँला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): गुँलाथ्व
Corresponding Gregorian Months: July / August

List of Major Cultural / Festival Activities (Shrawan)

श्रावण महिनाका प्रमुख चाडपर्वहरू


तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदागुँलाधर्मारम्भः
द्वितीया
तृतीयावराह जयन्ती
चतुर्थी
पञ्चमीनागपञ्चमी, नागपूजा
नक्साल नागपोखरी मेला, टाैदह (चोभार) कर्कोटकनाग मेला
ललितपुर दानघाट (धापाखेल) नागदहमेला
षष्ठीकल्की जयन्ती
सप्तमीगोस्वामी तुलसीदास जयन्ती
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा
यल (ललितपुर) पञ्चदानपर्व
नवमी
१०दशमी
११एकादशीपुत्रदाएकादशीव्रत
१२द्वादशीकाठमाडाैँ बहिद्यः ब्वये
१३त्रयोदशीबैतडी गुजर वनारसीमेला समापन
१४चतुर्दशीशिवस्य पवित्रारोपणम्, वल्के पर्व, कुलायनपूजारम्भ (सिंजा)
१५पूर्णिमाजनै पूर्णिमा, जनै पुन्हि, रक्षाबन्धन, ऋषितर्पणी, हयग्रीवोत्पत्ति
ललितपुर कुम्भेश्वर मेला,
रसुवा गोसाइँकुण्डमेला

Saturday, June 18, 2016

Nepal Festival Calendar - Asadh

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: अाषाढ, असार
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: ग्रीष्म
Solar Horoscope: मिथुन
Corresponding Nepal Samvat Month: तछला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): तछलागा
Corresponding Gregorian Months: June / July 

List of Major Cultural / Festival Activities (Asadh)

अाषाढ महिनाका प्रमुख चाडपर्वहरू
तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीयाभूमिरज
तृतीया
चतुर्थी
पञ्चमीभूमिपूजा
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत, गोरखकालीपूजा, भाैमाष्टमी, भलभल अष्टमी
देवपत्तन त्रिशूल यात्रा
नवमीनक्वाः दिशी
१०दशमीस्मार्तहरूको योगिनी एकादशी व्रत
११एकादशीवैष्णवहरूको योगिनी एकादशी व्रत
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशी
१४चतुर्दशीदिल्ला चह्रे (चतुर्दशी) पूजा
१५अाैँशी
(अमावश्या)
दर्शश्राद्ध, निशी हलो बार्ने

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: अाषाढ, असार
Name of the Half: शुक्ल
Position of the Sun: उत्तरायण
Season: ग्रीष्म
Solar Horoscope: मिथुन
Corresponding Nepal Samvat Month: दिला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): दिलागा
Corresponding Gregorian Months: June / July 

List of Major Cultural / Festival Activities (Asadh)

अाषाढ महिनाका प्रमुख चाडपर्वहरू
तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीयाश्री जगन्नाथ रथयात्रा
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमीसूर्यपूजा
देवपत्तनमा श्री गङ्गामार्इ रथयात्रा
अष्टमीभाैमाष्टमी व्रत
नवमी
१०दशमीमन्वादि
११एकादशीहरिशयनी एकादशी व्रत, तुलसी रोप्ने, चतुर्मास व्रत अारम्भ
१२द्वादशीतुलसी पिये, कण्डारकपूजा, लूतो फाल्ने
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशी
१५पूर्णिमागुरु पूर्णिमा, गुरु व्यास पूजा, दिल्ला पुन्हि
पशुपति देवपत्तने दक्षिणामूर्ति पूजा

Nepal Festival Calendar - Jyestha

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: ज्येष्ठ, जेष्ठ, जेठ
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: ग्रीष्म
Solar Horoscope: वृष
Corresponding Nepal Samvat Month: बछला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): बछलागा
Corresponding Gregorian Months: May / June 

List of Major Cultural / Festival Activities (Jyestha)

ज्येष्ठ महिनाका प्रमुख चाडपर्वहरू

तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदा
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठी
सप्तमी
अष्टमीअष्टमीव्रत
नवमी
१०दशमी
११एकादशीअपरा एकादशी व्रत
१२द्वादशी
१३त्रयोदशीप्रदोषव्रत
१४चतुर्दशीसिथिचह्रे पूजा
१५अाैँशी
(अमावश्या)
स्नानदानका लागि अाैँशी, दर्शश्राद्ध, निशि बार्ने, वटसावित्रीव्रत, शनिजयन्ती

------------------------------------------------------------------------------------------

Calendar System: विक्रम संवत् + नेपाल संवत्
Name of the Month: ज्येष्ठ, जेष्ठ, जेठ
Name of the Half: कृष्ण
Position of the Sun: उत्तरायण
Season: ग्रीष्म
Solar Horoscope: वृष
Corresponding Nepal Samvat Month: तछला
Corresponding Nepal Samvat Name (Month + Fortnight half): तछलाथ्व
Corresponding Gregorian Months: May / June 

List of Major Cultural / Festival Activities (Jyestha)

ज्येष्ठ महिनाका प्रमुख चाडपर्वहरू

तिथि
(सङ्ख्या)
तिथि
(शब्दमा)
रीतिरिवाज वर्णन
प्रतिपदादशहरा स्नान अारम्भ, शिलु तीर्थ (गोसाइँकुण्ड) स्नान अारम्भ
द्वितीया
तृतीया
चतुर्थी
पञ्चमी
षष्ठीकुमार षष्ठी, सिथि नखः
भक्तपुर चण्डी भगवती यात्रा
सप्तमीकुमार यात्रा
अष्टमीअष्टमीव्रत, वायुअष्टमी
नवमी
१०दशमीगङ्गादशहरा, रामेश्वरगङ्गा पूजा
हत्यामोचन तीर्थ स्नान
रुरु रिडिक्षेत्र हृषिकेश उत्सव
शिलु तीर्थ (गोसाइँकुण्ड) स्नान समापन
११एकादशीनिर्जला एकादशीव्रत, तुलसीबिजारोपण
१२द्वादशीप्रदोषव्रत
१३त्रयोदशी
१४चतुर्दशी
१५पूर्णिमामष्ट्रापूर्णिमा, ज्या पुन्हि, गैडु पूजा, मन्वादि
पनाैतीस्नानमेला, पनाैती भैरव भद्रकाली इन्द्रेश्वर जात्रा