Showing posts with label worship. Show all posts
Showing posts with label worship. Show all posts

Monday, November 9, 2015

उपत्यकाका १२ प्रमुख तीर्थस्थलहरू


नेपालमण्डल - उपत्यकाका 

१२ प्रमुख तीर्थस्थलहरू 


समुद्री किनार, पवित्र नदी जस्ता पानीका स्रोतनजिक व्यवस्थित मानवीय बसोवास भएको सबैलार्इ ज्ञात छ । विश्वभर नै यसरी स्वच्छ र पवित्र नदी वा समुद्रकै नजिक शहरहरू भएका उदाहरणहरू प्रशस्तै छन्, चाहे त्यो काठमाडैाँ नै होस् वा गङ्गा नदी नजिक बनारस (भारत) र युरोपमा समेत थेम्स् नदी नजिक लण्डन (संयुक्त अधिराज्य)। नदी सभ्यता प्राचीन शहरहरूमा अद्यापि विद्यमान नै पाइन्छ । पानीको मानवीय आवश्यकतासँग यो नदी सभ्यता गाँसिएको प्रष्टै छ ।

हिन्दु परम्परामा ठूलाठूला नदीहरूको सङ्गमलार्इ थप महत्त्वका साथ हेरिन्छ । नदीका तटहरू त पवित्र भए नै, त्यसमा पनि अझ दोभान वा त्रिवेणीहरूको पनि विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ । यी दोभान वा त्रिवेणीहरूलार्इ प्रमुख तीर्थस्थल मानी श्राद्धादि कर्म गर्ने र विशेष अवसरहरूमा मेला नै भर्न जाने चलन समेत रहेको छ ।

काठमाडैाँको नदी संस्कृतिसँगै जोडिएको एक महत्त्वपूर्ण पक्ष नागपूजन पनि हो । नागहरूलार्इ पूजा गर्ने चलन हिन्दु परम्परा लगायत विविध अन्य लोक परम्परामा पनि पाइन्छ । काठमाडैाँ उपत्यका तलाउ हुँदै यहाँ विचरण गर्ने कर्कोटक आदि नागहरूका कथाहरू पनि अद्यापि सुन्न पाइन्छ ।

यस पोष्टमा काठमाडैाँ उपत्यकाका केही प्रमुख तीर्थहरूको नाम तथा प्रत्येक तीर्थसँग जोडिएका विविध नागराजाहरूको नाम सङ्कलित गरिएको छ ।

उपत्यकाका प्रमुख तीर्थ 
तथा नागराजाहरू


क्र.सं. नागराजाको नाम तीर्थको नाम तीर्थस्थल रहेको ठाउँ
तक्षक नाग पुण्य तीर्थ गोकर्ण
सोक्षिकी नाग शान्त तीर्थ गुह्येश्वरी
शङ्खपाल नाग शङ्खर तीर्थ शङ्खमूल
स्वरूप नाग राज तीर्थ कालोपुल / सानेपा
कुलिक नाग मनोरथ तीर्थ टोखादुवा
अपलाल नाग निर्मल तीर्थ भद्रमती (भचाखुसी)
नन्दउपनन्द नाग लखु / विधान तीर्थ कङ्केश्वरी / कङ्ग अजिमा
बासुकी नाग ज्ञान तीर्थ कह्रँ खुसी (बुङ्गमती)
वरुण नाग चिन्तामणि तीर्थ टेकु दोभान
१० पद्मधवल नाग प्रमोद तीर्थ दानगा
११ महापद्मधवल नाग सुलक्षण तीर्थ भाजँ गाँ (कीर्तिपुर)
१२ कान्ति नाग जय तीर्थ नख्खु

सूची :


1. पुण्य तीर्थ, गोकर्ण
2. शान्त तीर्थ, गुह्येश्वरी
3. शङ्खर तीर्थ, शङ्खमूल
4. राज तीर्थ, कालोपुल / सानेपा5. मनोरथ तीर्थ, टोखादुवा
6. निर्मल तीर्थ, भद्रमती (भचाखुसी)
7. लखु / विधान तीर्थ, कङ्केश्वरी / कङ्ग अजिमा
8. ज्ञान तीर्थ, कह्रँ खुसी (बुङ्गमती)
9. चिन्तामणि तीर्थ, टेकु दोभान
10. प्रमोद तीर्थ, दानगा
11. सुलक्षण तीर्थ, भाजँ गाँ (कीर्तिपुर)
12. जय तीर्थ, नख्खु