Showing posts with label Bhaktapur. Show all posts
Showing posts with label Bhaktapur. Show all posts

Friday, February 7, 2020

भक्तपुरको वानेलाय्‌कुको वह्निराज नै स्वस्थानीको नवराज : संस्कृतिविद् महेश्वर जुजु



भक्तपुर नगरमा दुईवटा प्रसिद्ध तलेजु मन्दिर छन्। एउटा क्षेत्रीय स्तरको अर्थात् मल्ल राजाको र अर्को ब्राह्मण स्तरको अर्थात् मल्ल राजाइतरको।

मल्ल राजाले मान्ने तलेजु भक्तपुरको लाय्‌कुमा अवस्थित छ। नेपाल भाषामा लाय्‌कुको अर्थ हुन्छ, राजदरबार। तर मल्ल राजाइतरको अर्को तलेजु भने वानेलाय्‌कुमा छ।

ठिमीमा पाइएको एउटा हस्तलिखित स्वस्थानी कथामा श्रीवह्निराज पछि गएर नवराज भएको उल्लेख पाइन्छ। उनको आमाको नाम पनि गोमा, स्वस्थानीमा वर्णित नवराजकै आमाझैँ। उनको माइत फर्पिङ्‌ग, साँगा जरन्तालकी उनी घरबूढी बन्न पुगेकी थिइन्। वह्निशर्मा भने ललितपुरका महाद्यःननी कुलका ब्राह्मण थिए।

संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले उक्त हस्तलिखित ग्रन्थ र अभिलेखलाई आधार मानी वह्निराज र गोमाको कथा सुनाउँछन्- गोमाले नयाँ राजा अर्थात् नवराजलाई वानेलाय्‌कुमा अर्को आगमघर बनाउन लगाएका थिए। उक्त आगममा पहिले पुरोहित र यजमानका रूपमा ब्राह्मण नै हुन्थे, तर हाल यस तलेजुको परम्परा कर्माचार्य थरीले धानिरहेका छन्।
" झन्डै ३० वर्षपछि त्यसको उल्था गरिएको थियो नेपाल भाषामा, नेपाल संवत् ७२३ मा अर्थात् विक्रम संवत् १६५९ तदनुसार सन् १६०२ मा। त्यसको २०७ वर्षपछि मात्र यो कथा नेपाली भाषामा लेखिएको पाइन्छ।
‘भारतबाट आएका स्वस्थानी व्रतकथाका पुस्तकले नेपालका पीठहरूलाई मानेको छैन,’ संस्कृतिविद् महेश्वर जुजु भन्छन्, ‘तर हामीले त्यही कथाहरू मान्न बाध्य भएका छौँ।’

गुह्येश्वरी नेपालको सबैभन्दा ठूलो शक्तिपीठ हो, जहाँ सतीदेवीको गुह्य अङ्‌ग पतन भएको मानिन्छ। तर केही भारतीय किताबहरूले त्यहाँ घुँडा पतन भएको उल्लेख गरेका छन्।

सतीदेवीको अङ्‌गपतनका कथा नेपालका विभिन्न भागमा पाइन्छ, तर ‘ती पीठका बारे बनारसबाट प्रकाशित स्वस्थानी किताबमा कुनै उल्लेख पाइँदैन,’ संस्कृतिविद् राजोपाध्याय दुःखेसो पोख्छन्।

स्वस्थानीमा वर्णित लावण्यपुर उनी हालको साँखु र भक्तपुरलाई एकै सहरका रूपमा मान्छन्। त्यस्तै, टोखामा दक्षप्रजापतिले यज्ञ गरेको स्थल मानिन्छ, जसलाई तोषखण्ड मानिन्छ। शिवपुरीकै फेदमा अर्को कैलाश वर्णन गरी देवीपुराणले यज्ञस्थलका बारे उल्लेख गरेको उनको भनाइ छ। ‘हाल प्रकाशनमा पाइने स्वस्थानी कथामा यी कुरा उल्लेख छैनन्,’ संस्कृतिविद् राजोपाध्याय बताउँछन्।

स्वस्थानीको कथामा उल्लेख छ, यो कथा स्कन्दपुराणको केदारखण्डको माघमहात्म्य कुमार-अगस्त्यको संवादको रूपमा सङ्‌कलित छ।

नेपाल भाषा केन्द्रीय विभागका उपप्राध्यापक राजनलाल जोशी प्रश्न गर्छन्, ‘यो केदारखण्डको कथा कसरी काठमाडौं उपत्यकाको मौलिक हुन्छ?’ केदारखण्ड भनी भारतको गढवाल क्षेत्रलाई लिइन्छ।

स्कन्द पुराणले हिमालय क्षेत्रलाई पाँच खण्डमा विभाजन गर्छ- हिमवत् खण्ड (नेपाल), कुर्मांचल (कुमाउँ), केदार खण्ड (गढवाल), जालन्धर (हिमाचल प्रदेश) र कश्मीर।

खण्डाः पञ्च हिमालस्य कथिताः नैपालकूमाँचंलौ ।
केदारोऽथ जालन्धरोऽथ रूचिर काश्मीर संज्ञाऽन्तिमः ।।

यसरी हेर्दा यो कथा हाल भारतको गढवाल क्षेत्रको भन्ने देखिन्छ। तर, काठमाडौं उपत्यकामा स्वस्थानीका कथा हस्तलिखित ग्रन्थमा पाइएको र यससम्बन्धी संस्कृति जीवित रहेकोले यहाँकै मौलिक मान्छन्, संस्कृतिविद् महेश्वर जुजु राजोपाध्याय।

जयन्तदेवले नेपाल संवत् ६९३ फाल्गुन शुक्ल पञ्चमी वृहस्पतिबारका दिन ताडपत्रमा सारेको स्वस्थानी कथा संस्कृत भाषामा पाइएको छ। यो मिति विक्रम संवत्मा १६२९ हुन्छ, तदनुसार ईश्वी संवत् १५७२। उक्त कथा कसले रचना गर्‌यो भन्ने उल्लेख त पाइँदैन, तर त्यतिबेला सारिएको हो।

झन्डै ३० वर्षपछि त्यसको उल्था गरिएको थियो नेपाल भाषामा, नेपाल संवत् ७२३ मा अर्थात् विक्रम संवत् १६५९ तदनुसार सन् १६०२ मा। त्यसको २०७ वर्षपछि मात्र यो कथा नेपाली भाषामा लेखिएको पाइन्छ।

‘अहिले मैथिली, भारतमा पनि हिन्दी भाषामा पनि आइसक्यो,’ उनी भन्छन्, ‘तर यो काठमाडौंकै मौलिक संस्कृति हो।’

नेपालन्युजबाट

Monday, November 23, 2015

The Inscription of King Mānadeva at Changu Narayan - Theodore Riccardi, Jr.


Author: Theodore Riccardi, Jr.
Journal: Journal of the American Oriental Society
Volume: 109
Number: 4 
Date: October - December 1989
Page Number: 611-620
DOI: 10.2307/604086
Page Count: 10

Abstract:

The oldest dated inscription in the Kathmandu Valley, originally brought to light by Bhagvanlal Indraji and later by Sylvain Lévi, is inscribed on a stone pillar at the temple of Changu Narayan. This article provides the text, a new translation, and new photographs of the inscription.



For Citations:

APA Style
Riccardi, T.. (1989). The Inscription of King Mānadeva at Changu Narayan. Journal of the American Oriental Society109(4), 611–620. http://doi.org/10.2307/604086

MLA Style
Riccardi, Theodore. “The Inscription of King Mānadeva at Changu Narayan”. Journal of the American Oriental Society 109.4 (1989): 611–620.

Sunday, August 3, 2014

Public reading of religious scriptures

Public reading of the Mahābhārata

Photograph by W. Kröger (November 1971)



A Brāhma by profession, Paṇḍit Rāmshakti Rājopādhyāya (1925-1987), reads the Mahābhārata in Sanskrit and conveys a summary in Newārī herein this photograph. 

This public reading was held in November 1971 for a total of 120 days during the Caturmāsa (four months from new moon July to new moon November when Lord Viṣu is believed to be at dreamless sleep).

The photograph is taken at Salan Gaṇeś square, Bhaktapur.

At the center of this photograph on a straw mat (sukuḥ or sukul) are spread fried wheat, popped rice and beans, in the form of bākhampāḥ.